लगानी बोर्डका सीईओ सुशील भट्टको नियुक्ति कानूनसम्मत नभएको भन्दै रिट दायर


२६ श्रावण २०७७, सोमबार
sushil bhatta 1.jpg .2020 08 03 1

काठमाडौं, २६ साउन । लगानी बोर्डमा सीईओ सुशील भट्टको नियुक्तिविरुद्ध रिट दायर भएको छ ।

लगानी बोर्डको सीईओमा भट्टको नियुक्ति कानुन विपरीत भएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै भर्खरै उच्च अदालत पाटनमा रिट दायर भएको हो । भट्टको नियुक्ति कानूनसम्मत नभएको भन्दै अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका हुन् ।

हिजो (आइतबार) नै रिट दायर भएको खबर आए पनि आज मात्रै दायर भएको अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन् । आज दायर रिटमा नव नियुक्त सीईओ भट्टको योग्यता नपुगेको उल्लेख गरिएको छ भने उनको कार्यक्षमताको विषयमा पनि प्रश्न उठाइएको छ ।

सरकारले लगानी बोर्डको सीइओ भट्टलाई नियुक्त गरेको विषयमा स्वयम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले आपति जनाउँदै आएका छन् । उनीमाथि विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र पारेकोलगायतका आरोप लाग्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७