नयाँ मोडमा सुशान्त मृत्यु प्रकरण : आफ्नै दिदीविरुद्ध एफआइआर दर्ता


२३ भाद्र २०७७, मंगलवार
sushants sister priyanka singh chats rhea chakraborty db1de0FRNi

नयाँदिल्ली, २३ भदौं । फिल्म अभिनेता सुशान्त सिंह राजपूतको मृत्युबारे भइरहेको अनुसन्धानले सोमबार अबेर राती एउटा नयाँ मोड लिएको छ जब मुम्बई प्रहरीले सुशान्त सिंह राजपूतकी दिदीविरुद्ध एफआइआर दर्ता गर्‍यो ।

समाचार एजेन्सी एएनआईका अनुसार रिया चक्रवर्तीको ऊजुरीको आधारमा सुशान्त सिंह राजपूतकी दिदी प्रियंका सिंह, दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालका डाक्टर तरुण कुमार र अन्यविरुद्ध बान्द्रा प्रहरी स्टेशनमा एफआइआर दर्ता गरिएको हो ।

s

बान्द्रा प्रहरीले आत्महत्याका लागि उक्साएको, धोका दिएको र आपराधिक षड्यन्त्र रचेको भन्दै मुद्दा दर्ता गरेको छ । रिया चक्रवर्ती सोमबार नै बान्द्रा प्रहरी स्टेशन गएर लिखित उजुरी दिएकी थिइन् जसमा उनले सुशान्तकी दिदी प्रियंका सिंह र डाक्टर तरुण कुमारमाथि नक्कली प्रिस्क्रिप्शन र टेली मेडिसिन प्राक्टिस गाइडलाइनको उल्लंघनको आरोप लगाउँदै मुद्दा दर्ता गर्न अपिल गरेकी थिइन् ।

रियाको ऊजुरी

आफ्नो ऊजुरीमा रियाले लेखेकी थिइन्, ‘८ जूनमा सुशान्तले आफ्नी दिदीसँग मोबाइलमा मेसेजमार्फत् गरेको कुराकानी देखाएकी थिइन् जसमा उनकी दिदीले उनलाई केही औषधी प्रयोग गर्न सुझाएकी थिइन् ।

रियाका अनुसार उनले सुशान्तलाई डाक्टरले भनेको औषधी मात्रै खानुपर्छ भनेर सम्झाउने कोशिस गरेकी थिइन् । उनले सुशान्तकी दिदीसँग कुनै मेडिकल डिग्री नभएको भन्दै उनले भनेको औषधी त झन् कुनै पनि हालतमा खानु हुँदैन भनेर सम्झाएको पनि बताइन् ।

रियाले आफ्नो ऊजुरीमा सुशान्त सिंहकी दिदीले डाक्टर तरुण कुमारसँग मिलेर नक्कली प्रिस्क्रिप्सन बनाएको पनि बताएकी छिन् ।

रियाका अनुसार यो कुराको विषयमा उनको र सुशान्तबीच मतभेद पनि भएको थियो र त्यसपछि सुशान्तले उनलाई घर जान भनेका थिए किनभने उनकी अर्की दिदी मीतू सिंह त्यहाँ आएर बस्न लागेकी थिइन् ।

रिया चक्रवर्ती आफैं पनि यो मामिलामा संदिग्ध छिन् र सिबआईले यसबारे अनुसन्धान गरिरहेको छ । सिबिआईबाहेक नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पनि यो मामिलामा ड्रग्सको खरिद, त्यसको लेनदेन र सेवनसँग जोडिएका मामिलाको अनुसन्धान गरिरहेको छ ।

एनसीबीले रियाका भाइ शौविक चक्रवर्ती र सुशान्त सिंहका म्यानेजर स्यामुअल मिरान्डासमेत हालसम्म ९ जनालाई पक्राउ गरिसकेको छ । एनसीबीले रियासँग थुप्रै पटक सोधपुछ गरिसकेको छ र मंगलबार पनि उनीसँग सोधपुछ गरिनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७