प्रहरी हिरासतमा महिलाको मृत्यु


१५ आश्विन २०७७, बिहीबार
Death

रौतहट, १५ असोज । रौतहटको गरुडास्थित प्रहरीको महिला तथा बाल बालिका सेवा केन्द्रको हिरासतमा एक महिलाको बुधबार राति मृत्यु भएको छ ।

गुजरा नगरपालिका २ कटानीबजारकी राधिका राउतको गरुडास्थित प्रहरीको महिला बालबालिका सेवा केन्द्रको हिरासतमा मृत्यु भएको हो । उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी डीएसपी भरत श्रेष्ठले पुष्टि गरे ।

के कारणले मृत्यू भयो भन्ने अनुसन्धान भइरहेको उनले बताएका छन् । गुजरा नपाको कटानी बजारका २१ वर्षीय सम्राट तामाङ र राधिकालाई उनका श्रीमान सुमन राउतले शौचालयमा अनैतिक सम्बन्ध राख्दै गर्दा देखेको भन्दै बुधबार साँझ वडाअध्यक्ष अशोककुमार थारुको रोहबरमा प्रहरी चौकीमा बुझाएका थिए ।

रंगपुर प्रहरी चौकीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई जानकारी गराएपछि राति नै दुबैको स्वास्थ्य जाँच गराइएको थियो । चन्द्रनिगाहपुर हिरासतमा महिलालाई राख्न असहज भएपछि गरुडामा रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा राख्न लगिएको थियो ।

मृतक राधिकाले आफू छारे रोगको बिरामी भएको र लामो समयदेखि औषधि सेवन गरिरहेको प्रहरीलाई जानकारी गराएको बताइएको छ । स्वास्थ्य जाँच गर्ने क्रममा पनि आफू छारेरोग बिरामी भएको बताएको प्रहरीले जनाएको छ ।

गुजरा नपा २ का वडाअध्यक्ष थारुले राधिकाले लामो समयदेखि छारेरोगको उपचार गराइरहेको बताएका छन । हिरासतमा महिलाको मृत्यु भएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७