‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता आपत्तिजनक : भीम रावल


६ कार्तिक २०७७, बिहीबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेकामा सत्तारूढ दलकै नेता भीम रावलले आपत्ति जनाएका छन् ।

‘रअ’ प्रमुख गोयलले बुधबार बेलुका प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको खबर सार्वजनिक भएपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले कडा आपति जनाएका हुन् । नेता रावलले सामाजिक सञ्जालमार्फत यो भेटवार्ता पार्टीको विचार, नीति र घोषणा एवं मुलुककै कूटनीति विपरीत भएको बताएका छन् ।

bh

नेता रावलले टवीटरमा लेखेका छन् , ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार ,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो, यो आपत्तिजनक छ। कूटनीतिक मर्यादा विपरीत छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७