प्रधान सेनापतिद्वारा भारतीय सेनाध्यक्षलाई एक लाख थान मास्क हस्तान्तरण


२० कार्तिक २०७७, बिहीबार
RS KTM IndianArmyChief 20201105 0D3A9979 scaled
k|wfg;]gfklt dfS; k|bfg sf7df8f}F, @) sflQs -/f;;_ M k|wfg;]gfklt k”0f{rGb| yfkfn] laxLaf/ ;}lgs d’Vofno hªuLc88fdf g]kfn e|d0fdf /xg’ ePsf ef/tLo :yn;]gfWoIf hg/n dgf]hd’s’Gb g/j0f]nfO{ sf]/f]gf efO{/; _sf]le8 !(_ /f]syfdsf nflu ;xof]u :j?k dfS; k|bfg ub}{ . t:jL/ M /Tg >]i7 /f;; .

काठमाडौं, २० कार्तिक । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनालाई एक लाख थान मास्क हस्तान्तरण गरेका छन् ।

बिहीबार जंगी अड्डामा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँगको भेटवार्तापछि प्रधानसेनापति थापाले एक लाख मेडिकल मास्क हस्तान्तरण गरेका हुन् । भारतीय सेनाको लागि नेपालमै निर्मित एक लाख थान मेडीकल मास्क र शान्तिको प्रतीक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेको सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताए।

भारतीय सेना प्रमुख नरवणेले नेपाली सेनालाई भ्यान्टिलेटरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । नेपाली सेनाका दुई फिल्ड अस्पताल स्थापनाका लागि एक्स–रे मेसिन, आईसीयू भेन्टिलेटर, भिडियो इन्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७