नेपालले आज बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै, जित्नै पर्ने वाध्यता


२ मंसिर २०७७, मंगलवार
nepalbagalades

काठमाडौं, २ मंसिर । नेपाली राष्ट्रिय फुटबल टिमले आज (मंगलबार) बंगलादेशविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे शुरु हुनेछ । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेल जित्दै मैत्रीपूर्ण श्रृंखला बराबरी गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो ।

बंगलादेशविरुद्धको दोस्रो खेलमा नेपालका रजिन धिमाल मैदानमा फर्कने छन् । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । अहिले उनी कोरोनामुक्त भईसकेका छन् ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले अभ्यास एवं तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७