फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


१६ मंसिर २०७७, मंगलवार
gold

काठमाडौं, १६ मंसिर । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० पुगेको छ ।

त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृद्धि भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७