सशस्त्र प्रहरीका ९ जना एसपी एसएसपीमा बढुवा


२६ पुष २०७७, आईतवार
Nepal armed police

काठमाडौं, २६ पुस । नेपाल प्रहरीका ९ एसपी कायमकुकायम एसएसपी भएका छन्। गृहमन्त्रालयको मन्त्रीस्तरिय निर्णय अनुसार सशस्त्रका ९ एसपीलाई कायममुकायम एसएसपीमा मुकरर गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रवार गरेको कायम मुकायम मुकरर गर्ने निर्णयको पत्र आइतबार सशस्त्रको मुख्यालयमा पठाइएको छ । सशस्त्र प्रहरी उपरिक्षक रेशम कुमार थक्सु पहिलो नम्बरको बरिष्ठ उपरिक्षकमा बढुवा भएका छन् । प्रेम ध्वज शाह, गाहार धन राई, सोम बहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा र अन्जनी कुमार पोखरेल लाई एसएसपीमा बढुवा गरिएको छ ।

गृहमन्त्रीस्तरिय निर्णय अनुसार कामयमुकायम भएका एसएसपीहरुको नामावलीको जानकारी सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पुष्पराम केसीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कितावखाना (प्रहर) लैनचौरलाई समेत पठाएका छन्।

सशस्त्र प्रहरी नियमावली अनुसार एसपी पदमा ४ बर्ष सेवा अवधी नपुगेको कारण उनिहरुलाई कायम मुकायम एसएसपी मा बढुवा गरिएको हो । पहिलो नम्बरमा बढुवा गरिएका थक्सु नेपाल प्रहरी बाट एपिएफमा सेवा स्थानन्तरण गरेर आएका हुन् ।

सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी र पुरुषोत्तम थापा लगायतका अधिकृत सशस्त्र प्रहरीमा भर्ना भएका पहिलो ब्याच (सिसम–१) का हुन् । सो ब्याचका अधिकृत ०७५ वैशाख २६ मा एसपीमा बढुवा भएका थिए ।

सशस्त्रले आइतवार नै एसपीमा बढुवाका लागि ३ दिने सूचना निकालेको छ। बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायब महानिरिक्षक राजु अर्यालले जारी गरेको सूचनामा बढुवा हुन आवश्यक शैक्षिक प्रमाणपत्र लगायतका कागजपत्र ३ दिनभित्र पेश गर्न सशस्त्र प्रहरी नायव उपरिक्षकहरुलाई सूचना जारी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७