सक्रिय संक्रमित ७२ हजार नाघे


२४ बैशाख २०७८, शुक्रबार
korona 1

काठमाडौं, २४ बैसाख । देशभर बिहीबार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण देखिएको छ । यो संख्या हालसम्मकै सबैभन्दा बडी हो ।

बिहीबार २० हजार ३ सय ६७ जनाको पीसीआर परीक्षण र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमित संख्या ७२ हजार ५ सय ६१ पुगेको छ । ३ सय १४ संक्रमित क्वारेन्टाइनमा छन् । बिहीबारै देशभर २ हजार ७ सय ७ संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, कोरोनाबाट बिहीबार ५४ जनाको मृत्यु भएको छ । योस“गै मृतक संख्या ३ हजार ५ सय २९ पुगेको छ । देशभर हाल ६ सय ५२ आईसीयू र २ सय १ भेन्टिलेटरमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय ७ आईसीयू र १७ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र दुईजना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ३ सय ४९ आईसीयू र १ सय २५ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ३८ जना आईसीयू र १३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र २० जना भेन्टिलेटर, कर्णालीमा ३३ जना आईसीयू र १२ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र १२ जना भेन्टिलेटरमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा बिहीबार थप ३ हजार ९ सय ७२ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ३ हजार १ सय ६३, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा २ सय ४२ जना गरी उपत्यकामा ३ हजार ९७ जनामा कोरोना देखिएको छ । काठमाडौंमा मात्र हाल २४ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

भक्तपुरमा २ हजार ९ सय ४५ र लतिपुरमा ४ हजार ९ सय ७४ जना सक्रिय संक्रमित छन् । यसैबीच, बंगलादेशबाट थप ४ हजार भाइल रेम्डेसिभिर नेपाल भित्रिएको छ । औषधि व्यवस्था विभागले कोभिडको सबैखाले बिरामीका लागि रेम्डेसिभिर आवश्यक नपर्ने भएकाले चिकित्सकले उपचार प्रोटोकलअनुसार मात्र सिफारिस गर्न आग्रह गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७