कोरोनाबाट सिरहामा महिलाको मृत्यु


२४ बैशाख २०७८, शुक्रबार
korona death

सिरहा, २४ बैसाख । सिरहामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका–५ निवासी ४५ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जनकपुरस्थित एक प्राइभेट अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।

केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टापछि उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ । योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ भने संक्रमितहरुको संख्या २ सय ६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७