सुचीविरुद्ध सेनाद्वारा गम्भीर आरोपमा मुद्दा दायर, १५ वर्ष जेल सजाय हुन सक्ने


२८ जेष्ठ २०७८, शुक्रबार
bd0ba00a4f8678b4594166812f2a55e0 w1000 h500 cp

काठमाडौं, २८ जेठ । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सुचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सूचीको दल नेशनल लिग फर डेमोक्रेसीले सुचीलाई फसाउन लगाइएको गम्भीर भुट्टा आरोप भनेको छ ।

सैनिक प्रशासनले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको छ । यो आरोपमा सुची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ। यस बाहेक सुचीमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ ।

फेब्रुअरी १ मा सैन्य प्रशासनले सत्ताको बागडोर सम्हालेपछि सुचीलाई पक्राउ गरिएको थियो । त्यसयता नजरबन्दमा राखिएकी सूची अदालतमा अत्यन्त कम उपस्थित गराइएकी छन् । उनको दलका दर्जनौं नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ । म्यानमारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सुचीलाई सघाएको आरोपमा सयौं नागरिकको हत्या गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७