पार्टी सदस्यता नविकरणलाई तीव्रता दिन एमालेको निर्देशन {भिडियो}


१३ असार २०७८, आईतवार
pradeep gyawali

काठमाडौं, १३ असार । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गतेका लागि समितिको बैठक बोलाउने निर्णय गरेको हो ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा, दलको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल बैठक बोलाइएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

भिडियाे

https://youtu.be/gXNpYkHepCI

त्यस्तै पार्टी सदस्यता नविकरणलाई तीव्रता दिन पनि निदेशन दिइएको उनले बताए । बैठकमा महाधिवेशन आयोजक कमिटीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिई कर्णालीका चार सांसदलाई पुनर्बहाली गरेको विषयमा पनि छलफल भएको उनले बताए ।

त्यस्तै उनले महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई मान्यता नदिएर अदालतले त्रुटिपूर्ण फैसला गरेका कारण आफूहरू भ्याकेटमा जानुपरेको जिकिर गरे । उनले पार्टी एकतालाई मजबुद बनाउनका लागि छलफल भएको जानकारी दिए ।

बैठकमा कोरोना महामारी नियन्त्रण तथा बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको राहत, उद्धार र रोकथामका पहलबारे समीक्षा भई त्यसलाई अझै प्रभावकारी बनाउन सुझाव दिइएको नेता ज्ञवालीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७