निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै


१४ असार २०७८, सोमबार
kathmandu distrik

काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउनेबारेमा निर्णय गर्न आज (सोमबार) तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को वैठक बस्दैछ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ ।

निषेधाज्ञाको मोडालिटीबारे अन्तिम टुङ्गो लगाउन अहिले बिहान १० बजे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।
बैठकपछि लकडाउन कस्तो बनाउने भन्नेबारेमा सूचना जारी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललिपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सार्वजनिक सवारी साधनमा जोरबिजोर लागु गर्नेबारे छलफल भइरहेको जानकारी दिए ।

उनले भने, ‘२० सिट क्षमताभन्दा बढी क्षमता भएका सवारीमा जोर बिजोर लागु गरिनेबारे छलफल भइरहेको छ । निर्णयको टुंगो लागिसकेको छैन । सोमबार बिहान १० बजेसम्म निर्णय निकालिने छ ।’ सार्वजनिक सवारी सञ्चालन गर्दा हुने भिडभाड क्षेत्र र अन्य भिडभाड हुने क्षेत्र कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको प्रजिअ निरौलाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७