ठट्टा नठानौं, महाभियोग लगाएर राष्ट्रपतिलाई पदच्युत गरिहालौं : खगेन्द्र संग्रौला


३० असार २०७८, बुधबार
khagendra sangraula

काठमाडौं, ३० असार । लेखक एवं नागरिक अभियान्ता खगेन्द्र संग्रौलाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल महाभियोग लगाई पदच्युत गरिहाल्नु आवश्यक भएको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्रीको नियुक्ति–पत्रमा राष्ट्रपति भण्डारीले देखाएको ‘कीर्ते’ ले सरकारलाई असहयोग गर्ने लक्षण देखाएको उनको आरोप छ ।

‘देउवाको नियुक्ति–पत्रमा नाङ्गो कीर्ते कर्म गर्ने/गराउने राष्ट्रपति विद्याले सरकारलाई असहयोग गरी सक्दो सताउने लक्षण देखियो,’ लेखक संग्रौलाले बुधबार बिहानै सामाजिक सञ्जालमार्फत सचेत गराउँदै भनेका छन्, ‘सरकारका बाटाको तगारो पन्छाउन यिनलाई महाअभियोग लगाएर पदच्युत गरिहाल्नु आवश्यक ठहरियो । देउवाजी, पर्दा पछाडिबाट गरिने बालकोटे प्रतिशोधलाई ठट्टा नठानौं ।’

कांग्रेस सभापति देउवालाई मंगलबार साँझ प्रधानमन्त्रीमा नियुक्ति दिइएको विज्ञप्तिमा राष्ट्रपतिले संविधानको कुनै धारा उल्लेख नगरी ‘अदालतको आदेशअनुसार’ मात्र लेखेपछि केहीबेर देउवाले शपथ खान अस्वीकार गरेका थिए । पछि शपथ खुवाउने बेला धारा ७६ (५) अनुसार खुवाउने भनेपछि मात्र उनी तयार भए र तोकिएको समयभन्दा केही ढिला गरी शपथ खाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७