मैले आगोसँग खेल्दैछौं सावधानी अपनाऊ भनेकै थिएँ, अहिले ओलीले देखे होलान् : प्रचण्ड

‘अब केहि दिनमै बागमती र १ नम्बर प्रदेश सरकार पनि ढल्दैछ’


१४ भाद्र २०७८, सोमबार
Prachanda 2

काठमाडौं, १४ भदौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि कटाक्ष दोहोर्‍याएका छन् ।

सर्लाही–काठमाडौं सम्पर्क समितिले राजधानीको जोरपाटीमा आज (सोमबार) आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले पुनः स्थापित संसदमै आफूले ओलीलाई आगोसँग खेलेर गल्ती गरेको भन्दै त्यसको परिणाम राम्रो नहुने सचेत गराएको दोहोर्‍याए ।

‘मैले माओवादी आगो हो, आगोसँग खेल्दैछौ, सावधानी अपनाऊ भनेर ओलीलाई संसदमै भनेको हो’, उनले भने, ‘मैले त भनेकै थिएँ नि, अहिले त केपी ओलीले देखे होलान् ।’ उनले माओवादीसँग खेलेकै कारण ओलीको सरकार ढलेको इंगित गर्दै अब प्रदेशमा पनि त्यही घटना दोहोरिने चेतावनी समेत दिए ।

‘अब केहि दिनमै बागमती र १ नम्बर प्रदेश सरकार पनि ढल्दैछ’, उनले भने, ‘ओलीले आगोसँग खेलेर गरेको गल्तीको परिणाम आउँदैछ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा क्रममा प्रचण्डले गत साउन ३ गते माओवादी आगो भएको उल्लेख गर्दै त्यससँग नखेल्न ओलीलाई चेतावनी दिएका थिए । दाहालले सम्बोधनका क्रममा देउवा नेतृत्वको सरकार अब विस्तार हुने पनि दाबी गरेका छन् ।

‘भर्खर सरकार विस्तारको कुरा भएको छ । भोलि पनि बसेर हामी ठोस कुरा गर्दैछौं’, उनले भने, ‘अबको सरकारले मधेसको पनि विकास हुने गतिमा काम गर्नेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७