कर्णाली नदीमा डुंगा दुर्घटना : १८ वर्षीया युवती बेपत्ता


२४ आश्विन २०७८, आईतवार
dubera death

सुर्खेत, २४ असोज । कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना भएको प्रहरीले बताएको छ । नदीमा डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनले भने,‘ दशैंमा घर लिप्ने सेतो (कमेरो) माटो ल्याउनका लागि नदी वारी घाट गाउँबाट डुंगा चढेर पारी (कैलालीको केवरीतर्फ) जाँदै गर्दा पारीतिर दुर्घटना भएको रहेछ । डुंगामा ७ जना सवार थिए । एक जना बाहेक अरु सबै सकुशल छन् ।’ उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७