अफगानिस्तानको पछिल्लो स्थितिबारे छलफल गर्न रुसमा बैठक


२ कार्तिक २०७८, मंगलवार
121128581 gettyimages 1200076270

काठमाडौं, २ कातिक । अफगानिस्तानको पछिल्लो स्थितिबारे छलफल गर्न रुसले महत्वपूर्ण बैठक आह्वान गरेको छ ।
यही अक्टोबर २० का लागि बोलाइएको बैठकमा रुसले अमेरिका, चीन, पाकिस्तान, र तालिवानी प्रतिनिधिलाई समेत अनुरोध गरेको छ ।

यद्यपि अमेरिकाले भने बैठकमा सहभागी हुन अस्वीकार गरेको छ । रुसमा हुन लागेको मस्को फर्मेट बैठकमा सहभगाी नहुने जनाउँदै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले अफगानिस्तानको अवस्थाबारे अमेरिका चिन्तित रहे पनि बैठकमा सामेल नहुने स्पष्ट पारेका छन् ।

गत अगष्टमा तालिवानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएपछि हुन लागेको यो पहिलो विश्वस्तरीय बैठक हो । जसमा मुख्य एजेण्डा अफगानिस्तानको मानवीय र आर्थिक संकट हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७