नेशनल बैंकिङ इन्स्टिच्युट र गोर्खाज फाइनान्सबीच सम्झौता


१ मंसिर २०७८, बुधबार
gorkhaj

काठमाडौं, १ मंसिर । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र गोर्खाज फाइनान्सबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


उक्त सम्झौता पत्रमा मिति २०७८ मंसिर १ गते गोर्खाज फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एन.बी.आईले गोर्खाज फाइनान्सका कर्मचारीहरुको कार्य दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

नागरिकको आर्थिक जीवनमा परिवर्तन ल्याउने अपेक्षा र उद्देश्यका साथ यस फाइनान्सले देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सर्वसुलभ र विश्वसनिय बैंकिङ्ग सेवा दिइरहेको छ । यस फाइनान्सले नागरिकको आर्थिक अवस्थामा सु्धार ल्याउने उद्देश्यका साथ विभिन्न बचत योजनाहरु समेत सञ्चालन गरिरहेको छ । फाइनान्सले निःशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र चेकबुक तथा स्टे्टमेण्ट सेवा दिँदै आएको छ ।


हालसम्म फाइनान्सले मुख्य कार्यालयसहित २७ वटा शाखा कार्यालयहरू हेटौडा, रवि, बिर्तामोड, दमक, इटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, वीरगन्ज, नारायणघाट, पोखरा, लखनचोक बुटवल, विजौरी दाङ, नेपालगन्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर तथा काठमाडौँ उपत्यकाभित्र डिल्लीबजार, बौद्ध, गोंगबु, न्युरोड, सातदोबाटो, भक्तपुरसहित कोटेश्वारबाट एकस्टेन्सन काउन्टरल गरी दशको सातै वटा प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिई रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७