अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह


१५ मंसिर २०७८, बुधबार
health

काठमाडौं, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्टलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।

गत नोभेम्बर २६ मा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको थियो । दक्षिण अफ्रिकामा पहिलोपल्ट देखिएको यो भेरियन्ट हालसम्म २० देशमा देखिइसकेको डब्लुएचओले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस भेरियन्टलाई डब्लुएचओले पनि विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको बताउँदै सावधानी अपनाउन आवश्यक रहेको बताए ।

‘हालसम्म यो भेरियन्ट नेपालमा फेला परिसकेको छैन तर हामी सचेत हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको छ । यो भेरिएन्ट नेपाल प्रवेश गर्न नदिन सबै पूर्व तयारीमा मन्त्रालय जुटिसकेको छ ।’ उनले यस भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न, जनस्वास्थ्यका मापदण्ड पालना गरिदिन र सतर्क रहन सबैलाई अनुरोध गरेका छन् ।

b

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७