एमालेको विरोधका बीच प्रतिनिधिसभामा रेल्वेसहित ६ अध्यादेश पेस, अर्को बैठक पुस ६ मा


२८ मंसिर २०७८, मंगलवार
dilendra BADU

काठमाडौं । एमाले सांसदको विरोधका बीच संसदमा अध्यादेश पेश भएको छ । कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरे ।

आज पनि एमाले सांसदहरूले बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरोध गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ अनुसार बैठक सञ्चालनमा सहयोग गर्न बारम्बार आग्रह गरेका थिए । नाराबाजी नरोकेपछि सभामुखले बैठक अघि बढाए ।

आजको बैठकमा गृहमन्त्रीको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसम्पादन सुपरीवेक्षण अध्यादेश (पहिलो संशोधन) २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा अध्यादेश (पहिलो संशोधन) २०७८ पेस गरे ।

यसैगरी, भौतिक पूर्वाधार तथा संसदीय ममलामन्त्रीको तर्फबाट रेल्वे अध्यादेश २०७८ तथा यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पेस भएको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते मंगलबार १ बजे बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७