कोभिड खोप लिएर आएको चिनियाँ जहाज काठमाडौंमा अवतरण हुन सकेन, चीनको छेन्दु फर्कियो


५ पुष २०७८, सोमबार
Plane Airplane Udan TIA1624455081

काठमाडौं । चीनबाट कोभिड-१९ विरुद्धको १२ लाख डोज खोप बोकेर आएको चिनियाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ ।

चीनको छेन्दुबाट भेरोसेल खोप लिएर आएको सीचुवान एयरलायन्सको जहाज आज बिहान ८ः ३५ बजे विमानस्थलबाट फर्किएको हो । त्रिभुवन अन्तररतष्ट्रिय विमानस्थलका महाप्रवन्धक भोलाप्रसाद गुरागाइँका अनुसार खराब मौसमका कारण जहाज ल्याण्ड हुन नसकेका कारण छेन्दु नै फर्किएको हो । सो विमान अब खोप लिएर कहिले आउँछ भन्ने टुंगो नभएको र त्यसपछिका सबै उडान नियमित रहेको पनि गुरागाइँले जानकारी दिए ।

नेपालमा आज चीनबाट १२ लाख १,८८७ डोज भेरोसेल र भारतबाट १८ लाख ७१ हजार ५०० डोज कोभिशिल्ड खोप आउँदै थियो । चीनबाट आज आएको खोप फिर्ता गए पनि भारतबाट भने आज दिउँसो २ः३५ बजे कतार एयरको नियमित उडानमार्फत् कोभिशिल्ड खोप आउने स्वास्थ्य सेवा विभागका खोप भण्डारण शाखा प्रमुख बडेबाबु थापाले बताए ।

सरकारले कोभिसिल्ड खोप कोभ्याक्स सुविधाअन्तर्गत र भेरोसेल खोप एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा खरिद गरी ल्याउन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७