पाकिस्तानले चीनसँग किन्यो २५ लडाकु विमान


१५ पुष २०७८, बिहीबार
J 10C i3hfvkGtkH

काठमाडौं । पाकिस्तानले चीनसँग २५ वटा जे-१० सी मोडलको फाइटर विमान खरिद गरेको छ । बुधबार पाकिस्तानका गृहमन्त्री शेख रासिदले चीनसँग लडाकु विमान खरिद गरिएको जानकारी दिएका हुन् ।

पाकिस्तानका गृहमन्त्रीका अनुसार चीनसँग अहिले खरिद गरिएको सबै मौसममा काम गर्न सक्ने यो विमान आगामी मार्च २३ पाकिस्तान दिवसमा प्रदर्शन गरिनेछ ।

जे-१०सी विमान निकै सुरक्षित मानिन्छ । गत वर्ष पाकिस्तान-चीनबीच भएको संयुक्त सैन्य अभ्यासमा पनि जे-१०सी विमानको प्रयोग भएको थियो । पाकिस्तानसँग अमेरिकामा बनेको एफ-१६ फाइटर विमान पनि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७