पीसीआर परीक्षण नहुँदा ज्ञानेन्द्र मल्लसहित नौं खेलाडी बन्द प्रशिक्षणमा अनुपस्थित


१९ पुष २०७८, सोमबार
cricket banda training I2VymJnpoR

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज (सोमबार) देखि शुरु हुँदैछ । आईसीसी पुरुष टी-२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण हुन लागेको हो । प्रशिक्षण त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण शुरु हुन लागेको हो ।

यसअघि क्यानले हिजोदेखि नै प्रशिक्षण सुरु गर्ने निणर्य गरे पनि कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेलाडीले रिपोर्टिङ गरेका थिएनन् ।

क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने जनाएको छ ।
कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा भने थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीहरूबीच सहमति भएसँगै बन्द प्रशिक्षणका लागि खेलाडीहरू सोमबार बिहान त्रिवि क्रिकेट मैदान पुगेका छन् ।

सबै खेलाडी सहभागी हुने सहमति भए पनि पीसीआर परीक्षण बाँकी रहेकाले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीलगायत ९ खेलाडी भने आज उपस्थित भएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७