काभ्रेको आठ स्थानीय तहमा फैलियो कोरोना संक्रमण


२९ पुष २०७८, बिहीबार
korona 1 1

काभ्रे । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाका ६ नगरपालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना सङ्क्रमित छन् । जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) का अनुसार पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका हुन् ।

पीसिआर परीक्षणमा २४ र एन्टिजेन परीक्षणमा १० जनामा सङ्क्रमण फेला परेको हो । बनेपा नगरमा ५१, पाँचखालमा ६, धुलिखेलमा ४२, पनौतीमा १४, नमोबुद्ध नगरमा ११, मण्डनदेउपुर नगरमा ३ तथा भुम्लु गाउँपालिकामा तीन र बेथानचोक गाउँपालिकामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म १४ हजार ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म कोरोनाबाट १९३ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये ९७ दशमलब ८३ प्रतिशत अर्थात् १४ हजार ६६२ जना सङ्क्रमणमुक्त भएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७