लद्दाखमा चीनले पुल बनाइरहेको भारतको आरोप


२२ माघ २०७८, शनिबार
ladakh 5

नयाँदिल्ली । पूर्वी लद्दाखमा रहेको पैंगोङ झिलमा चीनले अवैधरुपमा पुल बनाइरहेको भारतले आरोप लगाएको छ । केन्द्र सरकारले शुक्रबार संसद्लाई यसबारे जानकारी दिएको हो ।

विदेश राज्यमन्त्री वी मुरलीधरनले संसदमा लिखित जवाफ दिँदै भने, ‘चीनको तर्फबाट पैंगोङ झिलमा पुल बनाउने काम भइरहेको छ । यो पुल त्यो क्षेत्रमा बनाइदैछ जुन सन् १९६२ देखि चीनको अवैध कब्जामा छ । भारत सरकारले यो अवैध कब्जालाई कहिले पनि स्वीकार गरेको छैन । सरकारले जम्मू-कश्मीर र लद्दाखको केन्द्र शासित प्रदेश भारतको अभिन्न अंग हो स्पष्ट पारेको छ र हामी आशा गर्छौँ कि अन्य देश भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरोस् ।’

उनले पूर्वी लद्दाखको एलएसीमा शान्ति कायम राख्नका लागि भारतले चीनसँग कूटनीतिक र सैन्य स्तरमा वार्ता जारी राखेको पनि जानकारी दिए । ‘हाम्रोको छलफल जहिले पनि तीन विन्दुमा केन्द्रित रहेको छ । पहिलो दुवै पक्ष एलएसीको कडाइले पालना र सम्मान गर्नुपर्छ । दोस्रो यथास्थितिलाई कायम राख्ने र तेस्रो कुनै पनि सम्झौता दुवै पक्षको पूणर् सहमतिका साथ हुनेछ,’ सरकारको भनाइ छ ।

चीनको यो पुलको चौडाइ आठ मिटर रहेको छ । यो पैंगोङको उत्तरी तटमा रहेको छ । यस क्षेत्रमा सन् २०२० मा भारतीय र चिनियाँ सैनिकबीच गतिरोध हुँदा चिनियाँ सेनाको फिल्ड अस्पताल र आवास पनि देखिएको थियो । बीबीसी हिन्दीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७