गैंडा मृत्त फेला


२५ माघ २०७८, मंगलवार
rhino 1

चितवन । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोस्ट नजिकै काभ्रेतालछेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।

बाघको आक्रमणबाट गैंडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैंडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए । निकुञ्जमा चालु आर्थिक वर्षमा दुई चोरी-सिकारी र २२ प्राकृतिक कारणले गैंडा मरेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७