फागुन १ देखि १८ वर्ष पुगेकालाई बुस्टर डोज


२८ माघ २०७८, शुक्रबार
corona khop 1
फाइल फोटो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १ देखि १८ वर्ष पुगेका सबै व्यक्तिलाई बुस्टर डोज खोप दिने निणर्य गरेको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले १८ वर्ष नाघेका व्यक्तिलाई बुस्टर डोज खोप दिइने जानकारी दिए ।

आफूले गरेका कामहरुको विवरण सार्वजनिक गर्दै स्वास्थ्य मन्त्री खतिवडाले भने, ‘माघ २७ गते बसेको खोप सल्लाहकार समितिको बैठकले १८ वर्ष उमेर पुगेका सबै बुस्टर डोज लगाउन योग्य भएका अर्थात् दोस्रो खोप लिएको ६ महिना नाघेका सबैलाईनै बुस्टर डोज निणर्य गरेको हो ।’ उनले खोप अभियान निरन्तर र नियमित सञ्चालन हुने बताए ।

उनले भने, ‘खोप, खोप, खोपलाई मूर्त रुप दिन सम्पूणर् संयन्त्र परिचालीत गरेका छौं । १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख नागरिकलाई खोप दिने कार्य गत पुस ४ देखि सुरु गरेका छौं । त्यसमध्ये ८४ प्रतिशतलाई पहिलो मात्रा ३८ प्रतिशतले दोस्रो मात्रा लगाए । सबै गर्भवती महिलालाई खोप दिने नीति अवलम्बन गरेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७