भारतमा घट्दै कोरोना संक्रमण, ५० हजारमा झर्‍यो दैनिक संक्रमित संख्या


२९ माघ २०७८, शनिबार
korona india 1

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ५० हजार नयाँ संक्रमित थपिएका छन् । केही समययता भारतमा निरन्तर कोरोनाका नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ ।

यद्यपि मृतक संख्या भने अझै पनि चिन्ताजनक अवस्थामा देखिएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा ८०४ जनाको मृत्यु भएको छ । यद्यपि यो संख्यामा अधिकांश यसअघि गणनामा छुटेका मानिसको संख्या समावेश गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा भारतको केरलामा सबैभन्दा धेरै १६ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ लाख १० हजारमा झरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७