सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित थप ८१ जना पक्राउ


१० फाल्गुन २०७८, मंगलवार
pakrau
फाइल फोटो

काठमाडौं । भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित थप ८१ जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ भक्तपुरमा राखिएको छ । यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए । मध्य बानेश्वर क्षेत्रबाट पक्राउ पर्नेमा १३ जना युवती र २३ जना युवक छन् । उनीहरु २० देखि २५ वर्षका रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७