स्विडेनमा स्कुलभित्रै छुरी हानेर दुई शिक्षिकाको हत्या, १८ वर्षका एक विद्यार्थी पक्राउ


८ चैत्र २०७८, मंगलवार
sweden murder case jTUG7sourI

काठमाडौं । स्विडेनमा एक माध्यमिक विद्यालयका दुई जना शिक्षिकाको छुरा प्रहार गरेर हत्या भएको छ । दक्षिणी स्विडेनको माल्मो प्रान्तको माध्यमिक विद्यालयमा ५० वर्ष नाघेका दुई जना शिक्षिकाको छुरा प्रहारबाट हत्या भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

शिक्षिका हत्याको आरोपमा एक १८ वर्षका विद्यार्थी पक्राउ परेको पनि खबरमा उल्लेख छ । घटना भएको १० मिनेटमै प्रहरी विद्यालयमा पुगेको र हत्याको आरोपमा एक विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा बञ्चरो र चक्कु भेटिएको प्रहरीले जनाएको छ । हत्याको आरोप लागेका विद्यार्थी आफैले प्रहरीलाई फोन गरेर बोलाएको र हत्या गरेको स्वीकारेको खबरमा उल्लेख छ ।

आक्रमणको बेला शिक्षक र विद्यार्थी गरी ५० जना भवनमा रहेका थिए । घटनापछि विद्यालयको भवन खाली गरिएको र आतङ्ककारी हमलाको कुनै सङ्केत नमिलेको प्रहरीले जनाएको छ । स्विडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले देशमा निकै दुःखद घटना भएको भन्दै सबैलाई शान्त रहन आग्रह गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७