विमानको आकस्मिक अवतरणपछि कोलम्बियामा २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द


१७ चैत्र २०७८, बिहीबार
plane2022 03 31 02 00 23

काठमाडौं । कोलम्बियामा मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा व्यवसायिक विमानको आपतकालीन अवतरणपछि २१ हजार भन्दा बढी यात्रु प्रभावित भएका छन् । १३६ उडानहरू रद्द गरिएको यहाँको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन् ।

लाटम एयरलाइन्स एयरबस ए ३२०-२०० को अगाडिको ल्यान्डिङ गियर मंगलबार दिउँसो टेकअफको केही समयपछि खस्दा विमानलाई रियोनेग्रो शहरको जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको लागि फिर्ता गर्न बाध्य पारेको थियो । आकस्मिक अवतरणका क्रममा कुनै पनि चोटपटक र क्षति भने नभएको बताइएको छ ।

फाजार्डोले जनाएअनुसार रियोनेग्रो जाने उडानहरू १२ घण्टा भन्दा बढी समयका लागि रद्द गरिएको थियो । जसले गर्दा अन्य एयरपोर्टहरूमा विशेष गरी बोगोटाको एल डोराडो अन्तर्राष्ट्रिय विमानस्थलमा ढिलाइ र रद्द गरिएको थियो ।

‘अहिले विमानस्थल सामान्य अवस्थामा सञ्चालनमा रहेको छ भने ‘रद्द भएका १३६ उडान र यसबाट प्रभावित २१ हजार २ सय ४५ यात्रुको यात्रा सञ्चालनको क्रममा छ । फजार्दोका अनुसार आपतकालीन कारणहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ । रासस/एएनआई/सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७