चुनावी सभामा कमेडियन सन्दीप क्षेत्रीले प्रचण्डलाई भने, ‘गज्जबको छोरी पाउनु भएको छ’


२२ बैशाख २०७९, बिहीबार
SandeepChhetri 20220505151825


चितवन । कमेडियन एवं अभिनेता सन्दीप क्षेत्रीले चितवनको भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मेयरका आकांक्षी रेणु दाहाललाई सचेत गराएका छन् ।

उनले चितवनमा सबै दाजुभाइहरुले दिदी रेणु दाहालबाट धेरै अपेक्षा गरेको बताए । ‘म तपाईलाई दिदी सम्बोधन गर्न चाहें । दिदी सम्बोधन गर्दैगर्दा यहाँका तमाम दाजुभाइहरुले तपाईबाट धेरै अपेक्षा गरेका छन् । तपाईलाई जितको लागि यहाँका दाजुभाइहरुको अवश्य सहयोग रहनेछ । तर सचेत पनि गराउन चाहन्छु, तपाईलाई उनीहरुको श्राप नलागोस् ।’

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गज्जबको छोरी पाएको भन्दै ढाड्स दिएका छन् । ‘आदरणीय प्रचण्डलाई म भन्न चाहन्छु, तपाईले गज्जबको छोरी पाउनु भएको छ । अध्यक्षको हैसियतमा चिन्ता लागे पनि पिताको रुपमा गौरव गर्नुस्,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७