धरानमा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङलाई झण्डै १३ मतको अग्रता


६ जेष्ठ २०७९, शुक्रबार
harka

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै छ । उनी १,२९७ मतले अघि रहेका छन् ।

अहिलेसम्म गणनामा स्वतन्त्रका उम्मेदवार साम्पाङले १२ हजार १५ प्राप्त गरेका छन । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १० हजार ७१८ मत प्राप्त गरेका छन् । नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले आठ हजार ७३९ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १२ हजार ३७६ मत प्राप्त गरी अग्रता बनाइरहेका छन् । उनलाई नेकपा एमालेका पदम इस्बो लिम्बूले ११ हजार सात सय ६५ मतसहित पछ्यारहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७