कांग्रेसले सिट बाँडफाँटमा बखेडा गरिरहे हामीसँग वाममोर्चाको विकल्प पनि छ : प्रचण्ड

‘स्थानीय चुनावमा जस्तै हामीभित्रै अन्तरघात भए पार्टी विघटन कसैले रोक्न सक्दैन’


१२ भाद्र २०७९, आईतवार
prachanda 4

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहेको आरोप लगाएका छन् ।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज (आइतवार) सम्बोधन गर्दै उनले कांग्रेसले बखेडा गरिरहे वाम फ्लेभरको मोर्चा बनाएर अगाडि बढ्ने चेतावनी दिए । ‘हामीसँग वाममोर्चाको पनि विकल्प छ । अहिले वाम लोकतान्त्रिक गठबन्धन छँदैछ’, उनले थपे, ‘कांग्रेसले सिट बाँडफाँटमा बखेडा गरेछ भने पनि संयुक्त वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउँछौँ ।’

प्रचण्डले माओवादीमा स्थानीय चुनावमा जस्तै अन्तरघात भए पार्टी नै विघटन हुन सक्ने चेतावनी समेत दिएका छन् । ‘हाम्रोबीच नै खुट्टा तानातान र अन्तरघात भयो भने पार्टी विघटन कसैले रोक्न सक्दैन । त्यसैले कमरेडहरुले ध्यान दिनुहोला ।’
उनले अबको तीन महिना गुनासो गर्नेमा भन्दा पनि निर्वाचनमा पार्टीलाई जिताउन लाग्न पनि नेताहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७