‘थ्रेसहोल्ड’ पार गर्दै सीके राउत नेतृत्वको जनमत पार्टी बन्यो राष्ट्रिय दल


१३ मंसिर २०७९, मंगलवार
ck raut

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्न सफल भएको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्दै राष्ट्रिय दल बनेको हो । समानुपातिक तर्फ कुल खसेको करिब एक करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो ।

थ्रेसहोल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भए पनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत कटाइसकेको छ । योसँगै थ्रेसहोल्ड कटाउने पार्टीको संख्या ७ पुगेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले भने अहिलेसम्म थ्रेस होल्ड कटाउने मत प्राप्त गर्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७