अमेरिकामा शक्तिशाली आँधी : केहीको ज्यान गयो, हजारौं प्रभावित (तस्वीरहरु)


९ चैत्र २०७९, बिहीबार
America aandhi 1

क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियामा शक्तिशाली आँधी आउँदा हजारौँ मानिहरू प्रभावित भएका छन् ।

America aandhi 2

गए राति आएको आँधीबेहरी (चक्रवात) का कारण हजारौं मानिस प्रभावित भएको वासिङ्टनस्थित राष्ट्रिय मौसम सेवाका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । कयौं स्थानमा सडकछेउका रूख ढल्दा यातायात अबरूद्ध हुनाका साथै केही मानिसको ज्यान समेत गएको र कतिपय घाइते भएको खबर छ ।

America aandhi 4

भारी वर्षासहित आएको सामुद्रिक आँधीका कारण सनफ्रान्सिस्को, अकल्याण्ड, सेक्रोमेन्टो, रिचमोण्ड, कंकोर्ड, लसएन्जल्सलगायत अन्य धेरै सहरका हजारौं घर तथा व्यापारिक कम्प्लेक्सहरूमा विद्युत् आपूर्ति बन्द भएका छन् । विद्युत् आपूर्ति बन्द हुँदा आर्थिक कारोबार समेत प्रभावित भएको बताइएको छ ।

771618 01 02
AP23081794693270
771629 01 02

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७