अर्जेन्टिना नाइजेरियासँग अहिलेसम्म विश्वकपमा हारेको छैन


१२ असार २०७५, मंगलवार
lionel messi cropped wvosiiy44 1

काठमाडौं, १२ असार । जारी विश्वकप फुटबलमा समुह डि अन्तर्गत आज अर्जेन्टिना र नाइजेरिया भिड्दैछ । आइसल्यान्डसँग बराबरी र क्रोएसियासँग पराजित भएको अर्जेन्टिना लागि दोस्रो चरण प्रवेशका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।

lionel messi cropped wvosiiy44 1

क्रोएसियासँग हारेपछि झिनो आशा बचेको अर्जेन्टिनाका लागि असार ८ गते रसियाको भोल्गोगार्ड एरिनामा नाइजेरियाले आइसल्याण्डलाई २ गोलले पराजित गरेपछि दोस्रो चरणको लागि केही सहज बनेको छ । आइसल्याण्डले उक्त खेल जितेको भए अर्जेन्टिना र नाइजेरियाको विश्वकप यात्रा समूह चरणमै टुङ्गिने थियो ।

विश्वकपको समूह चरणमा अर्जेन्टिना र नाइजेरिया सन् १९९४, २००२, २०१० र २०१४ मा  लगातार  एउटै समूहमा परेका थिए ।  जुन चारै खेलमा अर्जेन्टिनाले नाइजेरियालार्इ हराएकाे थियाे । 

सेन्ट पिटर्सबर्ग स्टेडिम नाइजेरियासँग आज राति पौन १२ बजे हुने खेल अर्जेन्टिनालाई जितका साथै गोल अन्तर बढाउनु पर्नेछ । समुहमा खेल जित्दा उसको चार अंक हुनेछ । भने उता क्रोएसियालाई आइसल्याण्डले हराए उसको पनि चार अंक हुनेछ ।

विश्वकपको समूह चरणमा लगातार अर्जेन्टिना र नाइजेरिया भिडिरहेका छन् । सन् १९९४, २००२, २०१० र २०१४ मा दुबै राष्ट्र एउटै समूहमा परेका थिए । विश्वकपको चारै खेलमा अर्जेन्टिनालाई नाइजेरियाले जित्न भने सकेका छैन् । नाइजेरियाले विश्वकपमा अहिलेसम्म दक्षिण अमेरिकी मुलुकलाई पराजित गर्न सकेको छैन । तर नाइजेरियाले गत वर्ष भएको मैत्रीपूर्ण खेलमा भने अर्जे्न्टिनालाई पराजित गरेको थियो

नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलको कुरा गर्ने हो भने सर्जियो एगुएरो, गोन्जालो हिगुइन र पाउलो डायबाला जस्ता खेलाडीले केही गर्न सकेनन् । त्यतिबेला अर्जे्न्टिना ४–२ ले पराजित भएको थियो ।

मेस्सीको आशमा अर्जेन्टिना
अर्जेन्टिना मेस्सीको आशामै टिकेको छ । अजेन्टिनाले पछिल्लो दुई खेलमा आफ्नो प्ले मेकर तथा कप्तान लियोनल मेसीको जादुमयी खेल हेर्न पाएको छैन् । एक मिडफिल्डर र स्ट्राइकर भूमिका निर्वाह गर्न सक्ने मेसी आफ्नो पुरानो फर्मको खोजीमा छन् ।

मेस्सीले ह्याट्रिक मद्दतले टिम अन्तिम समयमा अर्जेन्टिनालाई रसिया विश्वकपमा पु¥याएका हुन् । उनले विश्वकपमा छनोटका लागि भएको अन्तिम खेलमा इक्वेडरविरुद्ध गरेको ह्याट्रिकले गरेका थिए ।

अब विश्वकमको नकआउट चरणमा अर्जे्न्टिनालाई पु¥याउन मेसी पुनः एकपटक अगाडि बढ्नुपर्छ । सन् २००५ देखि राष्ट्रिय टिममा रहेका मेसीले १२६ खेलमा ६४ गोल गरेका छन् ।

अहिलेसम्म मेस्सीले रुसमा गोल पनि गर्न सकेका छैनन् । मेसीले कमाल गर्नका लागि टिमले एक भएर खेल्न जरुरी छ ।

याे पनि पढ्नुहाेस्
विश्वकप समुह ‘डि’ : ‘गर या मर’ अवस्थामा अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्ड

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७