जापान जाने कोशिस व्यर्थ भो ? अब जापान आफैले नेपाली कामदार लैजाने


२२ श्रावण २०७५, मंगलवार
japan

काठमाडौं, २२ साउन । के तपाईले जापान जानका लागि धेरै कोशिस गर्दा पनि असफल भइरहनु भएको छ ? जापान जाने कोशिसमा समय र पैसा धेरै खर्च भइसक्यो । अब तपाईले यी हरेक समस्या झेल्नु नपर्ने भएको छ । अब जापान आफैले नेपाली कामदार लैजाने भएको छ ।

japan

जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् नेपालबाट कामदार लैजान प्रस्ताव गरेको छ । विभिन्न क्षेत्रमा कामदार अभाव भोगेपछि नेपालबाट कामदार लैजान जापानले प्रक्रिया अघि बढाएको छ । जापान नेपालीका लागि आकर्षक रोजगार गन्तव्य हो । जापानमा नेपालीले मासिक तीन लाख रुपैयाँसम्म सहजै कमाउन सक्छन् ।

जापानले सात वर्षअघि प्रशिक्षार्थी कामदार लैजाने घोषणा गरे पनि नेपाली म्यानपावर कम्पनीले ८ लाख रुपैयाँसम्म लिएपछि प्रभावकारी बन्न सकेको थिएन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार जापान सरकार र नेपाल सरकारबीच सम्झौता गरेर सरकारी संयन्त्रबाट कामदार लैजान प्रस्ताव गरिएको छ । जापान सरकार तथा विभिन्न निजी क्षेत्रका कम्पनीले नेपालबाट कृषि, निर्माण तथा घरायसी कामदार (केयर गिभर) नेपालबाट लैजाने प्रस्ताव गरेको श्रम मन्त्रालयसम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ ।

‘जापानको निजी क्षेत्र तथा सरकारलाई नै कर्मचारी आवश्यक भएकाले नेपालबाट जि टु जी मोडलमा कामदार लैजाने प्रस्ताव उनीहरूले गरेका छन्, स्रोतले भन्यो, ‘अहिले हामी छलफलकै क्रममा छौं, थप निर्णय केही भएको छैन ।’ नेपालस्थित जापानी राजदूतावास तथा जापानी सरकारी र निजी क्षेत्रका प्रतिनिधिले श्रममन्त्री गोकर्णराज बिष्टसँग यसबारे प्रस्ताव राखिसकेका छन् ।

सरकारी संयन्त्र अनुसार कामदार गएमा न्यूनतम शुल्क तिरे पुग्ने स्रोतले जानकारी दिएको छ । विगतमा पनि म्यानपावरमार्फत दक्षिण कोरिया कामदार जाँदा ८ लाख रुपैयाँसम्म तिर्नुपरेको थियो । तर अहिले रोजगार अनुमति प्रणाली अनुसार कामदार पठाउँदा एक लाख रुपैयाँमै नेपाली दक्षिण कोरिया गइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७