अब टेलिकमको उच्च गतिको ‘ब्रोड व्याण्ड’ इन्टरनेट


२८ श्रावण २०७५, सोमबार
karnalima fast internet service eight di 44857

काठमाडौं, २८ साउन । नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्रै ३ हजार किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याएपछि मध्यपहाडी लोकमार्ग आसपासको सर्वसाधारणको पहुँचमा ब्रोड ब्याण्ड भनिने उच्च गतिको इन्टरनेट सेवा पुग्ने अधिकारीहरूले जनाएका छन् ।

karnalima fast internet service eight di 44857

टेलिकमले मध्यपहाडी लोकमार्ग र आसपासका सदरमुकाममा ३ हजार किलोमिटर बढी अप्टिकल फाइबर यस वर्षभित्र विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । विज्ञहरूले भने विगतमा जस्तै ठेक्का प्रक्रियाले निम्त्याउन सक्ने समस्या चुनौतीपूर्ण हुन सक्ने आशंका प्रकट गरेका छन् ।
पूर्वी पाँचथरको चियो भञ्ज्याङदेखि गोर्खा धादिङको आरुघाटसम्मको झण्डै २२ सय किलो मिटर र उत्तर दक्षिणतर्फ सदरमुकाम समेत गरी ३ हजार किलोमिटर अप्टिकल फाइबर बिछ्याउने प्रक्रिया थालिएको हो ।

बोलपत्र
त्यसका लागि पाँचवटा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकिएको नेपाल टेलिकमले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको २ वर्षपछि काम थाल्न सक्रिय देखिएको टेलिकमका अधिकारीहरूका अनुसार त्यसका निम्ति झण्डै ५ अर्ब रूपैयाँ छुट्याइको छ ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी भन्छिन्, ‘मलाई ६ महिनाभित्र ठेक्कापट्टाको सबै काम सम्पन्न गर्ने लक्ष्य दिइएको छ । त्यसनिम्ति बजेट पनि छुट्याइएको छ । काम द्रुत गतिमा हुनेछ ।’

102946819 e7ef7e46 fb2e 495a 93d0 02bb1eec95ec

सरकारले नेपाल टेलिकमको कामप्रति असन्तुष्टि व्यक्त गर्दै प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टिकरण सोधेका बेला टेलिकमले आइतवार आफ्नो योजना सार्वजनिक गरेको हो । पूर्वाधार विकासका महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको टेलिकमले उक्त अप्टिकल फाइबर प्रदेश नम्बर १, २ र ३ का मुख्य शहरहरूमा गुणस्तरीय इन्टरनेट सेवा विस्तार हुने बताइएको छ ।

जटिलता
तर कतिपय सञ्चार प्रविधि विज्ञहरू ठेक्कापट्टाका कारण आयोजना प्रभावित हुनसक्ने आशंका गर्छन् । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कंडेल भन्छन्, ‘यहाँ चलखेल बढी हुन्छ । टेण्डर हालेकाहरू पनि कहाँ–कहाँ उजुरी हाल्न जान्छन् थाहै हुन्न । उनीहरूकै सम्बन्ध बलियो हुने रहेछ ।’

उनले थपे, ‘भौगोलिक र शारीरिक भन्दा जटिल प्रक्रिया सरकारी प्रणाली नै हो ।’ ठेकेदार प्रक्रियामा बाधा उत्पन्न भएकै कारण अन्य प्रदेशमा पनि अप्टिकल फाइबर राख्न बाधा उत्पन्न भएको उनको अनुभव छ । त्यो जोखिम आउन नदिन सरकारी र टेलिकम नेतृत्व चनाखो हुनपर्ने जानकारहरूको मत पाइन्छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७