तीन एआइजीलाई दर्ज्यानी चिन्ह, एआइजी कार्कीले गरे गोप्य खुलासा


७ आश्विन २०७५, आईतवार
puskar karki

काठमाडौं, ७ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरुलाई दर्जयानी प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक खनालले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

उनीहरुलाई मन्त्रिपरिषदको असोज ५ गतेको निर्णय अनुसार पदोन्नति भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बढुवा भएपछि कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गतको अपराध अनुसन्धान विभाग, राईको प्रशासन तथा मानव स्रोत साधन विभाग र बस्न्यातको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पदस्थापन गरिएको छ ।

एआइजिमा बढुवा भएका कार्की २०४६ माघ २९ मा आइजिपी खनालसँगै सेवा प्रवेश गरेका थिए ।

कार्यक्रमपछि आइजीपि खनालको शुभकामना
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले दर्ज्यानी चिह्न प्रदान गरेपछि पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिए । उनले आफ्नो ज्ञान, सीप, क्षमताको राम्रो प्रदर्शन गर्दै महत्वपूर्ण ढंगले काम गर्न निर्देशन दिए ।

महानिरिक्षक खनालले प्रहरी संगठनलाई हामीले चाहे जस्तो उत्कृष्ट बनाउने आफ्नो एउटै चाहना रहेको बताउँदै संगठनका प्रत्येक सदस्यले संगठनप्रतिको निष्ठा र इमान्दारिताका साथ सशक्त ढंगले काम गर्नु पर्नेमा जोड दिए ।


उनले गतिशिल संगठनमा कहिलेकाँही असमाञ्जस्यता देखा परे पनि थप सुधारका साथ निरन्तर अगाडि बढनुपर्ने बताए ।

उनले भने,‘कुनै पनि कर्मचारी कामको आधारमा मात्र नेतृत्वको नजिक हुने भएकाले राम्रो काम गर्नुहोस्, नचाहिने काम आजैबाट सर्लक्क छोडनुहोस ।’

कार्यक्रममा कार्कीको सम्बोधन
कार्यक्रममा बढुवा भएका बरिष्ठ एआइजीको तर्फबाट पुष्कर कार्कीले सम्बोधन गरे । उनले प्रहरी संगठन भित्र प्रहरी अधिकारीहरुले नै संगठनका गोप्य सूचना चुहाएर सफलता ठान्ने अवस्था रहेको खुलासा समेत गरे ।

उनले संगठन भित्र उच्च अधिकारीहरुबाटै गोप्य सुचना चुहाएर लाईक, कमेन्ट र रिट्विटलाई सफलताको मानक ठान्ने अवस्था रहेको बताए ।

उनले कसको पक्षमा लागेको, कसको घरमा को जाने र कसको गाडीमा को चढेर हिंड्छ भनेर लेखाजोखा राख्ने दरिद्र मनस्थितिका कारण संगठनको मर्यादामा चोट पुगेको बताए ।

‘केही व्यक्तिहरुको कमजोरी र गैर व्यावसायिक हर्कतलाई आज जसरी समग्र संगठनको तस्वीर बनाईएको छ, त्यसको भरपाई कसले गर्ने, कसरी गर्ने ? ’ उनले भने ‘पछिको पिँढीलाई हामीले कस्तो संगठन हस्तान्तरण गरेर जाने हो ? यो बिषयमा गृहकार्य र कार्ययोजनाको आवश्यकता छ ।’
कार्कीले संगठन माथि हुने नियोजित प्रहारलाई मलजल गर्ने, संगठनको गोप्य सूचना चुहावट गर्नेहरुलाई पहिचान गरेर विभागभित्रै निर्वस्त्र गर्न जरुरी रहेको बताए ।

दज्र्यानी चिह्न लिएपछि दोस्त भेटन पुगे कार्की

लामो समयदेखि अस्पतालको शैयामा रहेका दोस्त (डिआइजी राजेन्द्रमान श्रेष्ठ)लाई भेट्न एआइजी कार्की अस्पताल पुगे ।

उनी महानिरीक्षक सर्वेन्द्र खनाल, डिआइजीबाट राजिनामा दिएका रमेशप्रसाद खरेल, अतिरिक्त महानिरीक्षक कार्कीका ब्याचका हुन् ।

प्रहरीको पूर्वी कमाण्डमा रहेका समय १५ साउन ०७३ मा ब्याडमिन्टन कोर्टमा बेहोस भएर ढलेका डिआइजी श्रेष्ठ अस्पतालमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७