प्रकाश दाहालको मृत्युमा शीर्ष नेताको समवेदना, कसले के भने ?


४ मंसिर २०७४, सोमबार
Prakash Dhal 1

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको निधनको शीर्ष नेताहरूले समवेदना व्यक्त गरेका छन् । आकस्मिक हृदयघातका कारण निधन भएको दाहाल प्रति प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओलाी, बाबुराम भट्टराई लयायतले दिवङ्गत आत्मप्रति श्रद्धाञ्जली तथा दाहाल परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्।Prakash Dhal 1
‘पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खबरले मर्माहत भएको छुुु,देउवाले टुइटरमा लेखेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको उल्लेख गरेका छन्। यसै गरी राप्रपाका नेता कमल थापा, काँग्रेस नेता विमलेन्द्र निधि, एमाले सचिव योगेश भट्टराई लगायतले समवेदना प्रकट गर्दै मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

 

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७