सरकारको काममा अवरोध नपुर्‍याऊ : सञ्चारमन्त्री


२७ माघ २०७५, आईतवार
0 Shares
gokul

काभ्रेपलाञ्चोक, २७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपुर्‍याउन सबैमा आग्रह गरेका छन् ।

gokul
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० काङ्गलमा आइतबार पञ्चकन्या मन्दिरको शिलान्यास गर्न आउनुभएका तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई स्वागत गर्दै स्थानीय पञ्चकन्या । तस्वीर : रासस

बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने, ‘सरकार क्रमैसँग विकासनिर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।’ उनले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता व्यक्त गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मन्त्री बाँस्कोटाले नेपाली नागरिकलाई भूमिहीन नबनाउन गाँस, बास र कपास उनीहरुको अधिकार हो भनेर कानून ल्याइएको बताउँदै भने, ‘जब जनताका कानून बन्दै गर्छन्, आउँदै गर्छन्, जनता बलिया हुँदै जान्छन्, अनि सुखी नेपाली समृद्ध नेपालको सपना पूरा हुन्छ । बनेपा नगरपालिका र स्थानीयवासीको सहयोगमा मन्दिर बनाइने बताइएको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७