सेनाका पाँच कर्णेल सहायक रथीमा बढुवा, को-को भए बढुवा ?

काठमाडौं, ४ चैत । नेपाली सेनाका पाँच जना महासेनानी (फुल कर्णेल) सहायक रथीमा बढुवा सिफारिस भएका छन् ।

बलाध्यक्ष रथी शरद गिरीको अध्यक्षतामा बसेको बढुवा बोर्डको बैठकले पाँच महासेनानीलाई सहायक रथीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुने महासेनानीहरुमा विष्णु रावत, सन्तोषवल्लभ पौडेल, पवनकुमार घिमिरे, चोकबहादुर ढकाल र पदम बहादुर सिंह रहेका छन् ।
बढुवा सिफारिस भएका पौडेल र घिमिरे २७ वेसिकका सैनिक अधिकृत हुन् । ढकाल, रावत र सिंह २८ वेसिकका सैनिक अधिकृत हुन् ।