कर्मचारी समायोजन प्रक्रिया टुंगियो, कुन तहमा कति ?


१४ चैत्र २०७५, बिहीबार
samayojan

काठमाडौँ, १४ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया टुग्याएको छ । सङ्घ, प्रदेश र स्थानीय निकाय गरी तीन वटै तहमा मन्त्रालयले समायोजनको प्रक्रिया टुङ्गो पर्याएको घोषणा गरेको हो ।

karmachari staff covil wNY50lo5Zy 1

बिहीबार मन्त्रालयले पत्रकार सम्मेललन गरी कर्मचारी समायोजन सबै निकायमा गरिसकेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार समायोजन प्रक्रियामा १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको दरबन्दी स्वीकृत भएका छन् । जसमध्ये ९७ हजार ५ सय ८८ कर्मचारी समायोजन भैसकेको मन्त्रालयले जानकारी दिएको छ ।

सङ्घमा ४८ हजार ४ सय ९ दरबन्दी स्वीकृत भएकोमा ३९ हजार ९ सय ६० कर्मचारी समायोजन गरिएको छ । सात वटै प्रदेश गरेर २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत भएकोमा १३ हजार ८ सय २१ कर्मचारी समायोजन गरिएको छ । र, ७५३ स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दी स्वीकृत भएकोमा ४३ हजार ८ सय ७ कर्मचारी समायोजन भैसकेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७