२८ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)


१४ बैशाख २०८१, शुक्रबार
Pm office CXcazAsok9

काठमाडौँ । सरकारले २८ सहसचिवहरूको सरुवा भएको गरेको छ । बिहीवार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले संघीय प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव देवराज जोशीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । त्यहाँका सहसचिव लिला प्रसाद शर्मा रक्षा मन्त्रालयमा आएका छन् । त्यस्तै रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन् ।

लामो अवधि पार गर्दै करिब महिना दिनअघि देखिको तयारीले बिहीबार मूर्तरूप पाएको हो । पछिल्लो समय नियमित प्रक्रियाका रूपमा रहेको कर्मचारीको सरुवामा अलि बढी नै उल्झन आउने गरेका छन् । जसमध्ये सहसचिवको सरुवा अझ बढी रुमल्लिने गरेको छ । ‘बरु सचिव सरुवा फ्याट्टै होला तर सहसचिवको सरुवा त्यति सहज देखिँदैन’ एक वरिष्ठ सहसचिवले भने ।
हेर्नुस् सरुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७