भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता आङ्टावा शेर्पालाई ३० लाख धरौटीमा छाड्न आदेश

गोविन्दकुमार चौधरीलाई १० लाख धरौटी माग


१३ बैशाख २०८१, बिहीबार
angtawa sherpa

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता तथा पूर्व सभासद् आङ्टावा शेर्पा र अर्का आरोपी गोविन्दकुमार चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

दुबै जना यसअघि उच्च अदालत पाटनको आदेशले थुनामा रहेका थिए । अदालतले शेर्पासँग ३० लाख र चौधरीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ । उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रतिवादीहरूले पुनरावेदन गरे पनि सर्वोच्चले टोपबहादुर रायमाझीसहितका ७ जनालाई भने थुनामै राख्ने आदेश गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७