कांग्रेसको छायाँ सरकारमा पनि असन्तुष्टि


९ जेष्ठ २०७६, बिहीबार
congress chaya

काठमाडौं, ९ जेठ । विभिन्न गुट–उपगुटमा रहेका कारण कमजारे प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसभित्र छाया सरकार गठनमा पनि असन्तुष्टि देखिएको छ ।

सरकारमाथि मन्त्रालयगत रूपमै खबरदारी गर्न भन्दै कांग्रेसले सोमबार ५८ सदस्यीय छाया सरकार गठन गरेको थियो । छायाँ सरकारको जिम्मेवारी पाएका नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् । यसरी असन्तुष्टि जनाउने नेताहरुमा गगन थापा, अमरेश सिंहलगायत छन् ।

पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रत्येक मन्त्रालयमा एक संयोजक र दुई सदस्य रहने गरी छायाँ सरकार गठन गरेका थिए । कांग्रेसले यसलाई मन्त्रालय समन्वय समिति नाम दिएको छ । छायाँ सरकारको परराष्ट समितिमा रहेका सिंहले आफू उक्त समितिमा नबस्ने जानकारी संसदीय दलमा लिखित रूपमै गराएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७