रंगशालाको बारमा जबरजस्ती डोजर चलाइएपछि धरधरी रोए धुर्मुस

भन्छन्, ‘जीवनकै कारुणिक दृश्य’


१५ जेष्ठ २०७६, बुधबार
Dhurmus

काठमाडौं, १५ जेठ : धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थालमा लगाइएको तारबारमा स्थानीयवासीको नाममा जबरजस्ती डोजर चलाइएपछि फाउण्डेशनका अध्यक्ष कलाकार सीताराम कट्टेल (धुर्मुस)ले धरधरी रोएका छन् ।

बुधबार बिहानै स्थानीयबासीहरुको नाममा बाटोको माग गर्दै रंगशाला निर्माणका लागि प्राप्त जग्गामा लगाइएको बारमा डोजर चलाइएको थियो । डोजर चलाइएपछि फाउण्डेशनले लगाएको तारबार पूर्णत नष्ट भएको छ । धुर्मुसले यसलाई ‘जीवनकै कारुणिक दृश्य’ भनेका छन् ।

हेुर्नुहोस् यसरी लगाइयो डोजर :-

भरतपुर नगरपालिका–१५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रय क्रिकेट रङ्गशाला निर्माणका लागि हुदैछ । २० बिघा ६ कट्ठा जग्गामा बन्ने रंगशालाको अहिले डिजाइनको काम भइरहेको जारी छ ।
गत २०७५ माघ १६ गते फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सो रंगशाला २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो रंगशाला निर्माणको लागि सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। रंगशाला निर्माण कार्य सम्पन्न गर्ने ३ अर्ब लाग्ने अनुमान गरिएको छ ।

तर, स्थानीयले अबरोध गरेपछि बुधबार धुर्मुस निर्माणस्थल पुगेर धरधरी रोए । भने, ‘एकदमै दुखद घटना घटेको छ। एकाविहानै स्थानीयहरु र केहि अराजक भीडको अगुवाइमा यो काम भयो । आफ्नै आँखा अगाडि जुन घटना घट्यो । यो भन्दा कारुणिक दृष्य सायद मैले जीवनमा देखेको थिइन होला ।’

उनको भनाई जस्ताको तस्तै

एकदमै दुखद घटना घटेको छ। एकाविहानै स्थानीयहरु र केहि अराजक भीडको अगुवाइमा यो काम भयो। आफ्नै आँखा अगाडि जुन घटना घट्यो । यो भन्दा कारणीय दृष्य सायद मैले जीवनमा देखेको थिइन होला। 

हुन त यो भन्दा अघि बस्ती बनाउन पनि धेरै दुख, धेरै प्रेसर धेरै धाक धम्की सहेका थियौं। सबै चिँज त्यागेर राष्ट्रका लागि केहि गर्नु पर्छ भनेर लागि रहदा यस्तो भयो। जहाँ जुन ठाँउबाट हामीले बनाउँदै छौं त्यहि ठाँउमा कुनै ठुलो इस्यू छैन। बाटो सुचारु भइरहेको पनि छैन। यो बाटो हामीलाई प्राप्त भएको सम्म मात्रै छ। हामीले पटक पटक छलफल गरेका छौं। तीन तिर हामीले कम्पाउन्ड घेरिसकेका थियो। हामीलाई दिइएको क्षेत्रफलबाटै बाटो दिइनु पर्ने भन्ने थियो। हामीले डिपीआर आइसकेपछि कति स्पेश छोड्ने सल्लाह गरौला भनेका थियौं। हामी छाड्न तयार छौं भनेका थियौ।

हामीले रंगशालालाई पनि बाटो चाहिन्छ भनेर पटक पटक भनिरहेका छौं। हामीले हिजो मात्र बार लगाएका हौं। हामीले सबै स्थानीयलाई अवगत पनि गराएका थियौं। तर एकाविहानै डेढ २ सय मान्छे जम्मा भएर डोजर लगाएर पेल्ने काम भयो। 

विदेशमा बस्ने नेपाली जसले हामीलाई यति सद्भावका साथ सहयोग गर्नु परेको छ। उहाँहरुको पसिनामाथि डोजर चलाइएको छ। देशका लागि केहि गर्ने भनेर अठोटका साथ हामी आएका थियौं। हाम्रो मात्र होइन यो देशको सपना हो। यहाँ सबै मानिस खराब निस्के। यहाँ सत्कर्म गर्नु पर्छ सोच लिएर हिड्नु पर्छ । देशका लागि काम गर्नु पर्छ भन्ने मानिस विरलै पाइयो।

जसको दायित्व थियो त्यसले पूरा नगरेको अवस्थामा हामीले नागरिकको तर्फबाट एकजुट भएर विकासको चिँज गरौं,  देशको आवश्यकताको चिज हो। खेलाडी हाम्रै सन्तान हुन्। उहाँहरुको लागि एउटा अन्तर्राष्ट्रिय रंगशाला बनाउन बनेर लागिरहदा। यहि स्थानीयको खुसी यहाँ जोडिएको थियो।

उहाँहरुलाई बाटो इस्यू चर्काउनु थिएन। बाटो दिनै भनेको थियौं। तर राजनीतिक आडमा नियोजित हिसाबमा आएर प्रहार गर्ने काम भयो। एउटा बाटोको कुरा मात्र होइन पटक पटक धाक धम्की दिने काम भएको छ। हाम्रो कर्मचारी धर्काउने काम भएको छ। यति प्रतिशत कमिसन चाहियो भन्ने यति काम गर्ने मान्छे हाम्रो हाल्नु पर्यो भन्ने। हाम्रो मेसिन चल्नु पर्यो। हामीलाई प्राथमिकता किन छैन भन्ने भयो। हामीलाई नसोधी कसरी बनाउदा रहेछौं भन्ने धम्की पटक पटक भइरहेका थिए।

हामी सहनसिल छौं। हामी नकारात्मक कुरा बाहिर नजाओस भनेर पटकपटक उहाँहरुलाई सम्झाइरहेका हुन्थ्यौं। सम्झाउदा पनि जुन प्रहार भएको छ। अन्त्यतै दुखद् प्रहार भएको छ। न हामी हाम्रा लागि हिँडेका हौं। न हामी आफ्नो स्वार्थका लागि हिडेका हौं। आफ्नो पेशा घर परिवार सब चिज त्यागेर सिंगो देश र देशवासीको खुसीका लागि हिडिरहदा जुन प्रकारले प्रहार भएको छ। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७