लगातार आकाशिएको लागिरहेको सुनको भाउ घट्यो


११ असार २०७६, बुधबार
gold 1 1

काठमाडौं, ११ असार । लगातार आकाशिएको सुनको भाउ घटेको छ । अहिलेसम्मै महँगो बनेको सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।

बुधबार सुन तोलाको ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँ घटेको हो ।

त्यस्तै बुधबार तेजावी सुन तोलको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७