सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा चारजना नियुक्त


९ श्रावण २०७६, बिहीबार
management 3 1 CWkoXhpwu4

काठमाडौं, ९ साउन  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालका प्रमुख कर्जा अधिकृत सुमित बाबु खत्री, प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्र लाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मा लाई कार्तिक १ गतेबाट लागु हुने गरी यस बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकको स्थापनाकाल देखिनै आबद्ध चारै जनाले विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ ।‘भित्र सिस्टम र बाहिर इमेज’ को नारालाई आत्मसाथ गर्दै आएका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ्ग क्षेत्रमा रहेको उहाँहरुको लामो अनुभवले बैंकलाई थप उचाइमा लैजाने विश्वास व्यक्त गरे ।

करिव १९ वर्षको बैंकिङ्ग अनुभव भएका सुमित बाबु खत्रीले १५ वर्ष कर्जा विभागको विभिन्न ओहदामा रही कार्यसम्पादन गरि सकेका छन् । १९ वर्षको बैंकिङ्ग अनुभव भएका पारस कुमार काफ्ले विभिन्न ओहदामा रही बैंकिङ्ग सेवा प्रवाह गरिसकेका छन् ।

शाखाको संचालन तथा व्यवस्थापन, निति नियमको अनुपालन, संस्थागत कर्जा तथा एस।एम।ई। कर्जा जस्तो क्षेत्रमा अब्बल रहेका काफ्ले हाल प्रमुख संचालन अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका छन् ।

करिव १९ वर्ष देखि बैंकिङ्ग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्र लाल श्रेष्ठले विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन् । शाखा संचालन, ट्रेड प्रसाशन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन् ।

करिव १८ वर्ष देखि वाणिज्य बैंकमा सेवा प्रवाह गर्दै आएकी उमंग शर्माले लामो समयसम्म कर्जा विभागमा उल्लेख्य काम गरेको अनुभव छ । हाल उनी प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएकी छन् ।

हाल उनी अन्तर्गत मानव संसाधन विभाग, सामान्य सेवा विभाग, र कर्पोरेट कम्युनिकेशन विभागमा रहेकी छन् । उनी बैंकको प्रवक्ता समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७